तोकिएकै मितिमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुन्छः कानुनमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काठमाडौँ, २५ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति हेरफेर नहुने स्पष्ट पारेका छन् । साथै उनले तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह समेत गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले आगामी मंसीर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्  ।

उनले सबै दलको सहमतिमा राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी कानुन पनि छिट्टै निर्माण हुने दाबी समेत गरेका छन् ।

संसद विघटन हुने समय नजिकिदै गएकाले संसदबाट पारित हुनुपर्ने सबै विधेयकलाई पनि अब छिट्टै टुंगो लगाइने उनको भनाइ थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);