मंसिरको चुनावका लागि दुईवटा मात्रै मतपत्रको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २० भदौ । निर्वाचन सम्बन्धी विधेयक पारित भएपछि निर्वाचन आयोगले मतपत्रको तयारीको काम अगाडी बढाउन लागेको हो। मंसीर महिनामा हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा गरी दुवै निर्वाचनका लागि पहिलो हुनेले जित्ने अर्थात् प्रत्यक्ष र समानुपातिक निर्वाचनका निम्ति दुईवटा मात्रै मतपत्र प्रयोग गर्ने योजना बनिरहेको निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन्।

प्रत्यक्ष तर्फको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुईवटा खण्ड बनाएर दुई ठाँउमा मतदान गर्ने व्यवस्था मिलाउनेमा सहमति भइसकेको भएपनि समानुपातिक तर्फ दुईवटा पङ्क्ति बनाउने या एउटै कायम गर्ने भन्नेबारे छलफल चलिरहेको उनीहरुको भनाइ छ।
यसबारेमा सरकारसँग पनि छलफल भएको बताइएको छ।

निर्वाचन सम्बन्धी महत्वपूर्ण मानिएका दुईवटा विधेयक संसदबाट पारित भएसँगै उत्साही बनेको निर्वाचन आयोगले अड्किएको भनिएको मतपत्रको तयारीको काम अगाडि बढाउन लागेको जनाएको छ।

‘प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा’

 

‘घटाउने’

पारित विधेयकमा मतपत्रमा दलहरुको स्थानका बारेमा व्यवस्था गरिए पनि दुईवटा निर्वाचन एकै पटक गर्दा प्रत्यक्ष र समानुपातिकका लागि आवश्यक पर्ने भनिएका चार वटा मतपत्रलाई घटाएर दुईवटामा झार्ने तयारी गरिरहेको आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए।

उनले भने, “प्रत्यक्ष तर्फको एउटा मतपत्र हुन्छ प्रतिनिधिसभा र प्रदेशसभाका लागी त्यस्तै दुवै निवार्चनका लागी समानुपातिक तर्फ एउटा मतपत्र हुन्छ।” पहिलो हुनेले जित्ने निर्वाचन प्रणालीका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारलाई मत दिने दुईवटा छुट्टै ठाउँ एउटै मतपत्रमा व्यवस्था गरिने आयुक्त पौडेलको भनाइ छ।

 

उनले भने प्रत्यक्षको लागि हुने एउटा मतपत्रमा बाँया लहरमा प्रतिनिधिसभाका लागि हुन्छ भने “बाँया लहरमा प्रदेशसभाका लागि चुनाव चिन्ह हुन्छ तर समानुपातिकका लागी दुईवटा लहर राख्ने कि नराख्ने भन्नेमा छलफल गरिरहेका छौं।”

छलफल :

यसै अनुसार निर्वाचन आयोगले आफ्नो तयारी गरिरहेको र सरकारसँग पनि छलफल भएको अर्का आयुक्त नरेन्द्र दाहालले बताए। उनले भने, "अहिलेसम्म हामीले यहि अनुसार तयारी गरिरहेका छौं। अब कानुन हेर्छौं अनि त्यसलाई निश्चित गर्छौ। सरकारसँग पनि सामान्य कुरा भइरहेको छ।"


दुवै निर्वाचनका लागि चार वटा मतपत्र बनाउँदा निर्वाचन झन्झटिलो हुने भएकाले त्यस्तो गर्न लागिएको र दुईवटामात्रै मतपत्र बनाउँदा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक गर्न सजिलो हुने तर्क आयोगका पदाधिकारीको छ।


तर कतिपय साना दलहरुले दुवै निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ छुट्टाछुट्टै मतपत्र हुनु पर्ने माग गर्दै आएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);