सबैलाई करको दायरामा ल्याउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, २० भदौ । सरकारले सबैलाई करको दायरामा ल्याउने तयारी गरेको छ ।

 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पनि सबैलाई करको दायरामा ल्याउने गरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । उनले सबैलाई करको दायरमा ल्याई सुशासनको माध्यामबाट मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

 

आन्तरिक राजस्व विभागद्धारा काठमाण्डौँमा आयोजित २ दिने व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले सन् २०३० सम्म दीगो आर्थिक विकास हासिल गर्ने लक्ष्य प्राप्ती गर्न राजस्व परिचालनको कामलाई अझै प्रभावकारी बनाउन पनि मातहतका सबै निकायलाई सचेत गराए । उनले संघीय ढाँचा अनुसारको संरचना निर्माण गरी राजस्व परिचालनको कामलाई अघि बढाउन ढिलाई नगर्न पनि निर्देशन दिए । अर्थमन्त्री कार्कीले सरकारले दीगो, उच्च र फराकिलो आर्थिक विकास गर्ने लक्ष्य लिएको पनि स्पष्ट पारे ।

 

मन्त्री कार्कीले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन निजी क्षेत्र, विकास साझेदार संस्थाहरु, उद्योगी÷व्यवसायी र राजस्व प्रशासनबीच सदृढ सहकार्य र समन्वय हुनुपर्ने आवश्यक्ता पनि औँल्याए । उनले आन्तरिक राजस्व परिचालन गर्दा स्वच्छ, तटस्थ, मितव्ययी र पारदर्शी आर्थिक क्रियाकलापलाई आधार बनाउन पनि मातहतका निकायलाई निर्देशन दिए ।

 

राजस्व सचिव शिशिरकुमार ढुंगानाले लक्ष्यभन्दा कम राजस्व संकलन गर्ने विभागलाई कडा कार्वाही गर्ने चेतावनी दिए । उनले लक्ष्य अनुसार राजस्व उठाउन नसके मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने सरकारको लक्ष्य हासिल हुन नसक्ने भएकाले पनि राजस्व संकलनमा वृद्धि गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

 

राजस्व संकलनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आन्तरिक राजस्व विभागद्धारा व्यवस्थापन गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा देशभरका राजस्व कार्यालयका प्रमुखहरुको सहभागिता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);