गोपाल किरातीलाई मुख्यमन्त्री बनाउने मोर्चाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

काठमाडौँ, २० भदौ । किराती राष्ट्रिय मुक्ति मोर्चाले १ नं प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउन पहल गर्ने निर्णय गरेको छ।नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको काठमाडौँमा सम्पन्न दोस्रो बैठकले यस्तो निर्णय गरेको हो।

 

पार्टी कार्यालयमा सम्पन्न बैठकले किरातीलाई कुनै पनि हालतमा प्रदेश नं १ को मुख्यमन्त्री बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव अर्जुन जम्नेलीले जानकारी दिए। उक्त अवसरमा मोर्चाको प्रदेश नं ३ को भेलासमेत आयोजना गरिएको र बैठकमा अध्यक्ष राजन किराती (वासु), उपाध्यक्ष मानबहादुर राई, महासचिव जम्नेलीलगायतले आगामी चुनावलाई लक्षित गरेर निर्देशनात्मक प्रशिक्षणसमेत दिएका जनाइएको छ ।

 

पूर्वसंस्कृति तथा पर्यटनमन्त्री भइसकेका गोपाल किराती हाल नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य एवं १ नं प्रदेशका संयोजक छन्। किरातीलाई यसअघि विराटनगरमा बसेको पार्टीको सचिवालय बैठकले समेत प्रदेश नं १ को मुख्यमन्त्री बनाउन पहल गर्ने निर्णय गरेको थियो।

ताजा समाचार