एमालेले प्रदेश नम्बर ६ को मुख्यमन्त्री पद नछाड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमालेले प्रदेश नम्बर ६ को मुख्यमन्त्री पद नछाड्ने

काठमाडाैं, ८ माघ । नेकपा एमालेले प्रदेश नम्बर ६ को मुख्यमन्त्री पद कसैलाई नछाड्ने भएको छ । सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको एमाले ६ नम्बर प्रदेशको संसदीय दलको पहिलो बैठकले माओवादीलाई समेत मुख्यमन्त्री पद नछाड्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर ६ मा माओवादी केन्द्रले पनि प्रदेश सरकारको नेतृत्व दाबी गर्दै आएको छ । तर, प्रदेश नम्बर ६ मा सरकार गठनका लागि आफूहरुसँग पर्याप्त संख्या रहेको एमालेको निष्कर्ष छ ।

प्रदेश नम्बर ६ मा एमालेले ४० मध्ये २० सिटमा जित हासिल गरेको छ । प्रदेश सरकार गठनका लागि सिट बाँडफाँड गर्ने कार्यदेश पाएको नेकपा एमाले र माओवादी केन्द्रको संयोजन समितिको बैठकले भने यसबारे निर्णय गर्न बाँकी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);