प्रदेश र प्रतिनिधिसभा निर्वाचन कानुन छिट्टै आउँछ : मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

प्रदेश र प्रतिनिधिसभा निर्वाचन कानुन छिट्टै आउँछ : मन्त्री थापा

काठमाडौं, १५ भदौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन कानुन ल्याउन अव ढिलाई नहुने बताएका छन् ।

 

मन्त्री थापाले कानुनको अभावमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रभावित नहुने स्पष्ट पारेका छन् । बिहिबार काठमाडौंमा संचारकमीसँग कुराकानी गर्दै दिँदै उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन कानुन आउन ढिलाई भएको स्विकार गरे ।

 

उनले दुवै निर्वाचनका लागि आवश्यक कानुन ल्याउन खवरदारी भने गरिरहन पर्ने उल्लेख गरे ।  मन्त्री थापाले राज्य व्यवस्था समितिमा विचाराधिन दुवै विधेयकमाथि दलहरुबीच घनीभूत छलफल भइरहेको जानकारी दिए । काँग्रेस नेता समेत रहेका मन्त्री थापाले स्थानीय तह निर्वाचनमा काँग्रेस पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);