मोरङ ५ बाट पनि उपेन्द्र यादवको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, २५ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम मोरङको क्षेत्र नम्बर ५ बाट पनि सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि यादवको नाम सर्वसम्मत सिफारिस गरिएको जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिए । पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ को विराटनगर–१४ को स्थायी बासिन्दा हुन् । २०७० को संविधानसभा निर्वाचनमा यादव सुनसरी–५ बाट विजयी भएका थिए ।

यसअघि सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट पनि यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।

६ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष राजकुमार यादवले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);