काठमाडौँ, २५ असोज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै १३ औँ अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच प्रतिवेदन मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने सहमति भएको छ ।
डा. केसी पक्ष, कानुन मन्त्रालयका प्रतिनिधि र शिक्षामन्त्रीबीच भएको छलफलबाट सो निस्कर्ष निकालेको हो । एमालेले विरोध नजनाए भोली नै डा. केसीको माग बमोजिम विधेयक पास हुने बताइएको छ ।
बार्ता टोलीमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव नगेन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमाल र स्वास्थ्य सचिव डा। किरण रेग्मी छन्। त्यस्तै डा। केसीका तर्फबाट डा। वाइपी सिंह, डा। जीवन क्षेत्री र डा। अभिषेक सिंह रहेका छन् ।




