काठमाडौँ, २५ असोज । नेपाली कांग्रेसका जिल्ला कोषध्यक्षहरुले नेतृत्वको कमजोरीका कारण पार्टी कमजोर बनेको आरोप लगाएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले १३ औं महाधिवेशनपछि केन्द्रीय नेताहरु गुट–उपगुटमा केन्द्रित हुँदा सांगठनिक गतिविधि शुन्य भएको बताए । राष्ट्रिय मुद्धामा पर्टीले अपेक्षा अनुरुप भूमिका निर्वाह गर्न नसकेको उनीहरुको आरोप छ ।
पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले मूलुकमा भएको विभिन्न राजनीतिक परिवर्तनहरको कांग्रेसले नेतृत्व गरेको भन्दै वाम गठबन्धनबाट आफूहरु नआँत्तिएको बताएका छन् ।
कार्यसमितिका सदस्यहरुले अबको निर्वाचनमा कांग्रेसले नेतामुखी नभई जनतामुखी र लोकप्रिय व्यक्तिलाई टिकट दिनुपर्नेमा जोड समेत दिएका थिए ।




