कांग्रेस मजबुत रहे मात्रै संविधान रहन्छ : कांग्रेस केन्द्रीय सदस्य रज्जाक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस मजबुत रहे मात्रै संविधान रहन्छ : कांग्रेस केन्द्रीय सदस्य रज्जाक

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले कांग्रेस मजबुत रहे मात्रै संविधान रहने उनले दावी गरेका छन् । नेपाल मुस्लिम संघ, रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री रज्जाकले संविधाननै नरहेपछि सबै अधिकार सकिने बताए । ‘संविधानअनुसार अधिकार चाहियो भने नेपाली कांग्रेसलाई जिताउनु पर्छ ।’  

उनले मुस्लिम समुदायको अधिकारकाे सुनिश्चित पनि कांग्रेसले मात्रै गर्ने बताए । कांग्रेस नेतृत्वमा बनेको संविधानमार्फत मुस्लिम समुदायको छुट्टै पहिचान कायम भएको जाेड दिदै लोकतन्त्र कमजोर भए कांग्रेस कमजोर हुने र स्वतः मुस्लिम समुदायको हक अधिकार कमजोर हुने बताए ।  

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मुस्लिम समुदायलाई अवसर र सम्मान गर्ने पार्टी कांग्रेस मात्रै भएको दावी पनि गरे । कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले मुस्लिम समुदायलाई कांग्रेसले उच्च मुल्यांकन गरेको बताए । 

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ, उपसभापति थानेश्वर घिमिरे, नेपाल मुस्लिम संघका केन्द्रीय सचिव मोहम्मद सफिक मुसलमानलगायतले एमसीसीबारे रहेको भ्रम चिर्न र कांग्रेसले निर्वाचन जित्दा सम्पूर्ण मुस्लिम समुदायले जित्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);