चितवन २ मा दिउँसो एक बजेबाट मतगणना सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चितवन २ मा दिउँसो एक बजेबाट मतगणना सुरु हुने

चितवन । चितवन २ मा दिउँसो एक बजेबाट मतगणना सुरु हुने भएको छ ।

बिहान १० बजेबाट सुरू भएको सर्वदलिय बैठकले १ बजेबाट सुरु गर्न सहमति जुटेको हो । सर्वदलिय बैठकमा चितवन कांग्रेस र एमालेसँग रास्वपाका नेताहरुको चर्चाचर्की भएको बुझिएको छ ।

आइतबार राति नै बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बाँडिएको थियो ।

कांग्रेस चितवनले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएको छ । त्यसमाथि कांग्रेसले रविविरुद्ध उजुरी दिएको छ । उक्त उजुरीमाथि छानबिन नभएसम्म साथै, प्रजिअले जवाफ नदिएसम्म मतगणना नहुने अगाडी राख्दै आएको थियो ।

यस क्षेत्रमा वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);