कांग्रेस नेतृत्वको वर्तमान सरकार अल्पमतमा: नेता गजुरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काठमाडौं, १८ असोज ।  नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी)का बरिष्ठ नेता सीपी गजुरेलले कांग्रेस नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको टिप्पणी गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्रले मुख्य विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलसहितको एकीकरण गर्ने सहमति गरेपछि सरकार स्वतः अल्पमतमा परेको उनको दाबी थियो । राजधानीमा बुधबार आयोजित साक्षात्कारमा उनले बामपन्थी एकताका नाममा एमाले, माओवादी र नयाँ शक्तिबीच भएको सहमति चुनावमा जनतालाई झुक्याउने खेल भएको टिप्पणी पनि गरे ।

माओवादी केन्द्रले सत्ता र पदको लोभमा आफ्ना कार्यकर्तालाई झुक्याइरहेको उनले आरोप पनि लगाए । गजुरेल यसअघि तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रका सचिव थिए ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);