राजपाद्वारा कांग्रेसको पार्टी एकता प्रस्ताव अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राजपाद्वारा कांग्रेसको पार्टी एकता प्रस्ताव अस्वीकार

काठमाडौँ, १८ असोज । राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेससँग पार्टी एकता सम्भव नहुने बताएको छ ।

नेपाली कांग्रेसले बुधबार राजपालाई पनि पार्टी एकता वा चुनावी तालमेलको प्रस्ताव गरेको छ । त्यसलगत्तै पार्टी कार्यालय बबरमहलमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले कांग्रेससँग एकता सम्भव नहुने निष्कर्ष निकालेको हो । राजपाका महासचिव मनिषकुमार सुमनका अनुसार अहिलेसम्म कांग्रेससँग चुनावी तालमेल गर्ने विषयमा पनि राजपा सकारात्मक छैन । कांग्रेसले संविधान संशोधनबारे गर्ने प्रतिबद्धताअनुसार तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय लिइने महासचिव सुमनले बताए ।

राजपा नेताहरुले संविधान संशोधनमा आफूहरुसँग धारणा मिल्ने दलहरुसँग चुनावी तालमेल हुने बताउँदै आएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);