Our Network

माघ १० २०७८, सोमबार

माओवादीले एमालेसँग पार्टी एकता गर्ने विषयमा थप छलफल गर्ने

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल भएपनि पार्टी एकता गर्ने विषयमा थप छलफल गर्ने भएको छ । राजन किराँती, मणि थापासहित केही नेताले एमालेसँग पार्टी एकता गर्ने सहमतिको विरोध गरेपछि माओवादी केन्द्रले यसबारे थप छलफल गर्ने भएको हो ।

पार्टी एकता र त्यसको गृहकार्यबारे छलफल गर्न माओवादीले असोज २१ गते पोलिट्व्युरो बैठक बोलाएको छ । बैठकमा एमाले, नयाँशक्तिसँगको कार्यगत एकता तथा त्यसपछि हुने पार्टी एकताको तयारीबारे गहन छलफल हुने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

यसअघि मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच कार्यगत एकता र त्यसपछि पार्टी एकीकरण गर्ने गरी सात बुँदे समझदारी भएको थियो ।