गठबन्धन र सरकारमा सहभागी हुने विषयमा छलफल गर्न राप्रपाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

काठमाडौं, २३ असोज । केही बेरमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। बिहान ९ बजेपछि पार्टी कार्यालयमा सुरु हुने बैठकले कांग्रेस नेतृत्वको चुनावी गठबन्धन र सरकारमा सहभागिताका बारे निर्णय गर्ने एक नेताले बताए।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले आइतबारसम्म कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गराउने र त्यसमाथि केन्द्रीय कार्यसम्पादन समितिका सदस्यले धारणा राख्नेछन्।

कांग्रेसले राप्रपालाई तालमेल गरेर चुनाव लड्न सहमत भए सरकारमा पनि सहभागी गराउने आश्वासन दिएको छ। आजको बैठकले तालमेल गर्ने निर्णय गरे सरकारमा सहभागी हुने निर्णय पनि गर्ने सम्भावना रहेको बताइएको छ।

राप्रपा निकट श्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने सम्भावना छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);