राप्रपालाई सरकारमा ल्याउने तयारी, माओवादी आउट ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, २४ असोज । कांग्रेस नेतृत्वमा रहेको वर्तमान सरकारमा राप्रपासमेत सहभागी हुने भएकोे छ। सरकारमा सहभागी दल माओवादी केन्द्र प्रमुख प्रतिपक्षीसहितको एमालेसँगको गठबन्धनमा सहभागी भएर निर्वाचनको तालमेलमा लागेपछि कांग्रेस नेतृत्वमा समेत लोकतान्त्रिक शक्तिहरूको गठबन्धन बनेको हो।

सोही गठबन्धनमा सहभागी हुने निर्णय गरेको राप्रपाले सोमबार बसेको कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई समर्थन गर्ने निर्णयसमेत गरेको हो । यो निर्णयसँगै अब सरकारमा राप्रपासमेत सहभागी हुने निश्चित भएको छ। काग्रेस नेता रमेश लेखकले राप्रपालाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको बताए।

‘सरकारमा आउन राप्रपा सकारात्मक छ, लोकतान्त्रिक शक्तिहरूको गठबन्धनमा समेत राप्रपा सहभागी छ, त्यसकारण पनि अब सरकारमा आउँछ,’ नेता लेखकले भने। राप्रपालाई सरकारमा ल्याउँदा कसरी ल्याउने र कुनकुन मन्त्रालय दिने भन्ने विषयमा समेत भित्री रूपमा व्यापक छलफल भइरहेको छ।

माओवादी केन्द्रले सम्हालेका मन्त्रालय दिने विषयमा समेत कांग्रेस र राप्रपाबीच कुरा अघि बढेको छ। तर त्यसरी दिँदा माओवादीले सरकारबाट बाहिरिएको निर्णय गर्नुपर्ने आवश्यकता रहन्छ।

नेता लेखकले प्रमुख प्रतिपक्षसँगको गठबन्धनमा सत्ता साझेदार दल माओवादी सहभागी भइसकेकाले सरकार र प्रतिपक्ष दुवैतर्फ खुट्टा अड्काउनु जायज नहुने भन्दै सरकारमा समेत रहिरहनु जायज नहुने बताए। आजको राजधानी दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);