सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडाैं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल सत्तारूढ गठबन्धनभित्र रहेका नेताहरु छलफलमा जाटेका हुन् । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको पहिलो बैठक बसिरहेको छ ।

सरकारमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सहभागी हुने नहुने विषयमा अन्योल रहेका कारण अन्य दलहरुबाट कसरी मन्त्री छान्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ र गठबन्धनमा आबद्ध अन्य दलहरुले नेपाल समूहलाई समावेश गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्नेमा जोड दिएको बताइएको छ ।

नेपाल समूहलाई सरकारमा सहभागी गराउन कुर्ने र सहभागी हुने नहुने निश्चित भएपछि भागबण्डामा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);