राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् ।

नेपाली सेनाले करिब सात करोड रुपैयाँ लगानीमा बनाएको युद्ध संग्राहालय आज एक औपचारीक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

संग्राहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तक राखिएको छ ।

सिन्धुलीगढी युद्ध संग्राहालयको विसं २०७३ कात्तिक २४ गते तत्कालिन पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए ।

नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको इतिहासमा उल्लेख छ ।

Leave a Reply