एनआरएनले सिन्धुलीगढी दरबारको जिर्णोद्वार गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनआरएनले सिन्धुलीगढी दरबारको जिर्णोद्वार गर्ने

काठमाडौं, ४ माघ । गैरआवासीय नेपाली संघले (एनआरएनए)ले ऐतिहासिक सिन्धुलीगढी दरबारको जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने भएको छ ।

विहिबार एनआरएनए र कमलामाई नगरपालिका सिन्धुलीबीच सिन्धुलीगढी दरबारको जिर्णाेदार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । हस्ताक्षर कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले मुलुकको ऐतिहासिक धरोहरहरुको पुनर्निर्माणको गुरुयोजना बनाउने अवसर पाउनु आफूहरुको लागि गौरवको विषयमा भएको बताए ।

एनआरएनएले सिन्धुलीगढी गुरुयोजना तयार पार्न लाग्ने सबै खर्च व्यहोर्ने समझदारी पत्रमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);