सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद्लाई तत्कालै पूर्णता, मन्त्री छान्ने जिम्मा शिर्ष नेताहरुलाई | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद्लाई तत्कालै पूर्णता, मन्त्री छान्ने जिम्मा शिर्ष नेताहरुलाई

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले तत्कालै मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

साथै बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

बैठकमा जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई सहभागी थिए भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

बैठकमा एमाले नेता माधव नेपालसमूहबाट डा. विजय पौडेल बैठकमा सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);