एमाले प्रवेश गरेसँगै डिआईजी नवराज सिलवालको राजीनामा स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

काठमाडौं, २३ असोज । नेपाल प्रहरीको डीआईजी पदबाट नवराज सिलवालले दिएको राजीनामा स्वीकृत भएको छ।

आफूलाई प्रहरी प्रमुख बनाउनुपर्ने माग राख्दै सर्बोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए। उनले दिएको राजिनामा लामो समयसम्म स्वीकृत भएको थिएन।

राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए। गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।