सरकारलाई दिएको समर्थन फिर्तामा पुन:विचार हुँदैन : सर्वेन्द्रनाथ शुक्ल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारलाई दिएको समर्थन फिर्तामा पुन:विचार हुँदैन : सर्वेन्द्रनाथ शुक्ल

sarbenath sukla

कोमल प्रसाद दुलाल
काठमाडौं, १९ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) ले सोच विचार गरेरनै बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै त्यसमा पुन:विचार नहुने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषयमा पुन विचार गर्न आग्रह गरेको भोलीपल्ट माउन्टेन टेलिभिजनको चर्चित कार्यक्रम खरो प्रश्नमा कुरा गदै राजपा नेता सर्वेन्द्रनाथ शुक्लले यस्तो बताउनुभयो ।

सुखि नेपाली समृद्ध नेपालको नारा लिएर फागुन ३ गते बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले १ वर्षको समय गुजारिसकेको छ । यसबीचमा सरकारले भष्ट्राचार, सुशासन, विकास निमार्णको क्षेत्रमा जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वयं सत्तारुढ दल नेकपाकै नेताहरुले बताईरहेका छन् । तर, बर्तमान सरकारका मन्त्रीहरु भने अहिले पनि सरकारको बचाउ गर्न छाडेका छैनन ।

अझ प्रधानमन्त्री ओलीले यो सरकारले ईतिहासमै सबैभन्दा राम्रो काम गरेको दाबी गदै राम्रो काम गरिरहेका वेला राष्ट्रिय जनता पार्टी राजपाले किन सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै अचम्म लागेको समेत बताउनुभयो ।

१ वर्ष अघि राजपाले संविधान सशोधन गर्ने सर्तमा बर्तमान सरकारलाई समर्थन गरेको थियो । तर, सरकारले यसबीचमा संविधान संसोधन त परै जावस मधेशीको भावना समेत समेट्न नसकेपछि समर्थन फिर्ता लिएको राजपाका नेता सर्वेन्द्र नाथ शुक्ल बताउँनुहुन्छ । प्रधानमन्त्री ओलीले भन्ने वित्तिकै राजपाले सरकारलाई दिएको समर्थनको विषयमा तत्कालै पुन:विचार नहुने नेता शुक्लको भनाई छ ।

टीकापुर घटनामा अदालतले दोषी ठहर गर्दै रेशम चौधरीलाई जन्मकैद सुनाएपछि राजपा नेपालले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएपछि टीकापुर घटना बारेको पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपा नेपालले विरोधका कार्यक्रम समेत गर्दै आएको छ । संसदमा राजपा नेपालका १७ जना सांसद छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);