समितिका सभापतिको कार्यशैली प्रति सदस्यहरूको असन्तुष्ठी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

समितिका सभापतिको कार्यशैली प्रति सदस्यहरूको असन्तुष्ठी

काठमाडौं, १९ बैशाख । विकास तथा प्रविधि समितिका सदस्यहरुले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सभापतिको ध्यानाकर्षण गराएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा समिति सदस्यहरुले सिंहदरबारभित्रै असारे विकासको खेति भईरहँदा पनि त्यसतर्फ चाँसो नदेखाएको भन्दै सभापतिको कार्यशैली प्रति असन्तुष्ठी जनाएका हुन् ।

आर्थिक बर्ष सकिनै लागेपछि मात्रै रातारात विकास निर्माणको बजेट खर्च गर्ने पुरानै परम्परा सिंहदरबारभित्रै देखिएको भन्दै सदस्यहरुले त्यसतर्फ चाँसो राख्न सभापतिको ध्यानाकर्षण गराए । त्यसैगरी प्रदेशले जिम्मा लिन नसकेका र केन्द्रले प्रदेशमा गयो भनेर वेवास्ता गरिएका बहुबर्षिय ठेक्का लागेका सडक निर्माणको काम केन्द्रलाई जिम्मा लिई अघि बढाउन दिएको निर्देशन कार्यान्वयनबारे पनि चाँसो राख्न समिति सदस्यहरुले सुझाव दिए । समिति सदस्य यज्ञबहादुर सुनुवारले सिंहदरबारभित्रै असारे खेति सुरु भएको भन्दै त्यस तर्फ गम्भीर चासो लिन सभापतिको ध्यानाकर्षण गराउनुभयो ।

समिति सदस्य प्रभु शाहले मेलम्ची खानेपानी आयोजना लगायत बहुबर्षिय आयोजनाका सम्बन्धमा समितिले दिएको निर्देशन कार्यान्वनय भए ÷नभएबारे गम्भीर समिक्षा गरिनुपर्ने बताउनुभयो ।

त्यसैगरी सदस्य गौरीशंकर चौधरीले निर्देशन कार्यान्वनयनको अवस्था र आगामी आर्थिक बर्षका लागि तय गरिएको आयोजना र बजेट तर्जुमा बारे भौतिक, कृषि, खानेपानी र अर्थमन्त्रालयसंग तत्काल छलफल गर्नुपर्ने माग गर्नुभयो ।

बैठकले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे अध्ययन गर्न गठित उपसमितिको म्याद एक महिना थप गरेको छ । गत चैत १८ गतेको बैठकले विना कुमारी श्रेष्ठको संयोजकत्वमा उपसममिति गठन गरेको थियो । उपसमितिलाई विधेयकमाथि परेको संसोधन सहित विज्ञसंग परामर्श गरि अध्ययन प्रतिवेदन बुझाउनका लागि एक महिनाको समय दिईएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);