'मानव अधिकार आयोग ऐन संशोधनसम्बन्धि विधेयक’ तत्काल फिर्ता लिन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘मानव अधिकार आयोग ऐन संशोधनसम्बन्धि विधेयक’ तत्काल फिर्ता लिन माग

काठमाडौं, १९ बैशाख । मानव अधिकारीकर्मीहरुले ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधनसम्बन्धि विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । मानव अधिकारकर्मीद्धय चरण प्रसाईँ र ओमप्रकाश अर्यालले मानव अधिकारलाई ध्वस्त बनाउने गरी सो विधेयक आएको दावी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको हो ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अधिवक्ता समेत रहनु भएका मानव अधिकारीकर्मी अर्यालले संक्रमणकालीन न्यायलाई सम्बोधन हुने गरी आयोगलाई अझ बढि स्वतन्त्र, स्वायत्त र सक्षम बनाउने गरी सो विधेयकलाई परिमार्जित गरेर अघि बढाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

अर्का मानव अधिकारकर्मी चरण प्रसाईँले संक्रमणकालीन न्याय निरुपण नहुने गरी सरकारले सो विधेयक ल्याएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारले ल्याएको मानव अधिकार आयोग ऐन संशोधन गर्न बनेको विधेयकले नेपालको मानव अधिकारनै ध्वस्त हुने भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।

मानव अधिकारकर्मीहरुले मानवताविरुद्धको अपराधमा संलग्नहरुलाई उन्मुक्ति नदिने गरी संक्रमणकालीन न्यायसम्बन्धि कानुन संशोधन गर्न सर्वोच्च अदालतले दिएको आदेशको पूर्ण पालना गर्न पनि सरकारलाई सचेत गराउँदै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);