निर्वाचनमा सहभागी हुने वा नहुने बारे राजपा अझै अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरोज थापा , साउन २४ , काठमाण्डौँ । राजनीतिक दल र सरकार तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि जुटेका छन् । तर, दुई नम्बर प्रदेशको नेतृत्व गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) भने निर्वाचनका विषयमा आफ्नो धारणा तयार पार्न छलफलमा जुटेको छ । राजपा असोज दुई गते हुने निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा अझै अन्यौलमै छ ।
राष्ट्रिय जनता पार्टीले स्थानीय तह निर्वाचनमा सहभागिता हुने कि नहुने भन्ने विषयमा अझै आफ्नो धारणा बनाउन सकेको छैन । समूह बनाएर आइतबारदेखि राजपाका पदाधिकारीहरु छलफल गरिरहेका छन् । पार्टीको समीक्षासहितको छलफलमा बोल्ने अधिकांश नेताहरुले यथास्थितिमा निर्वाचनमा जानुको कुनै औचित्य नभएको बताएको पार्टीका महासचिव कौशलेन्द्र मिश्रले बताउनभयो । निर्वाचन आवश्यक भएपनि सरकारले आफ्ना माग सम्बोधनमा कुनै तत्परता नदेखाएकाले निर्वाचनमा जानुको अर्थ नरहेको मिश्रको भनाई छ ।
पार्टीका अर्का महासचिव शिव पट्टेलले पनि संविधान संशोधनको मूल एजेन्डासहित आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था, घाइतेको उपचार र पक्राउ परेका कार्यकर्तालाई विनाशर्त रिहाइ नगरेसम्म निर्वाचन जान नसकिने बताउनुभयो ।
निर्वाचनमा सहभागिताका लागि सरकारको धारणा खोजिरहेको राजपाले केही लचक भएर निर्वाचनमा सहभागी भए असोज दुई गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचन पनि शान्तिपूर्ण ढंगले सम्पन्न हुने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);