महोत्तरीमा स्थानीय तहको निर्वाचन लक्षीत चहलपहल सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महोत्तरीमा स्थानीय तहको निर्वाचन लक्षीत चहलपहल सुरू

महोत्तरी । स्थानीय तहको निर्वाचन जेठमा हुने चर्चापछि महोत्तरीका राजनीतिक दलहरूमा दौडधुप बढेको छ । जनमत बटुल्न उनीहरू सरकार र अन्य पार्टीको असफल पाटाहरूलाई खोतलेर हतियारका रुपमा प्रयोग गर्न थालेका छन् ।

संघीयतापछि महोत्तरीका कतिपय स्थानीय सरकारले अलमलमा नै बिताए भने कतिपय शक्ति सन्तुलन तथा जिम्मेवारी बारेमै अनविज्ञ रहे । जसका कारण पाँच वर्षे कार्यकाल फलदायी बन्न सकेन ।

प्रतिपक्षमा बसेर सरकारको कमजोरी र बदमासीलाई नजरअन्दाज गरिरहेका विपक्षी पार्टीका नेता कार्यकर्ताहरूले समाजिक सञ्जालमा भण्डाफोर अभियान समेत चलाउन थालेका छन् । एकातिर निर्वाचनमा आफूहरूको सहभागीतालाई सुनिश्चित गर्न पार्टीका नेता कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयमा छलफलले तीव्रता पाएका छ भने अर्काेतिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरूको घरमा भिड देखिन थालेको छ ।

पुराना अनुहार दोहोरिनु नहुने अडान
अघिल्लो कार्यकालमा जनप्रतिनिधि बनेका अनुहार फेरि दोहो¥याउनु नहुने नेता कार्यकर्ताहरूको अडान छ । यसपटक जित्नेलाई टिकट दिनुपर्ने र व्यक्तिको लोकप्रियताको ख्याल गर्नुपर्ने तल्लोस्तरका कार्यकर्ताहरूले सुझाउ दिँदै आएका छन् ।

सामाजिक सञ्जालबाट नै नेताहरूको नाम तोकेर राखिएका कार्यकर्ताहरूको स्टाटस अझ रोचक छ । बर्दिबास नगरपालिकामा माओवादी केन्द्रबाट विजयी नगरप्रमुख विदुर कार्की, कांग्रेसबाट प्रल्हाद क्षेत्री, नेकपा एमालेबाट टेकबहादुर बलाम्पाकी, सारदा देवी थापा, नेकपा एसबाट सुरेश राउत लगायतका नेताहरूलाई उम्मेदवार बनाउनु पर्ने उनीहरूको माग छ । 

कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट दबाबमूलक इच्छा प्रकट गरे पनि पार्टीको निर्णय नसोचेको हुन सक्ने नेताहरू वताउँछन् । स्थानीय तहमा समेत निर्वाचन गठबन्धन कायम रहने हो भने निर्वाचन माहोल अझ रोचक बन्ने देखिएको छ । 

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा यदि निर्वाचन भए अब करिब सय दिन बाँकी छ । यो छोटो अवधिमा कतिपय पार्टीमा आन्तरिक कलह उत्कर्षमा छ । नेकपा एमालेमा जिल्लामा अझै अधिवेशन हुन सकेको छैन भने नेपाली कांग्रेसमा अझै क्षेत्रीय अधिवेशन हुन बाँकी छ । ‘निर्वाचन माहोल तयार गर्न सबै जना एक ढिक्का भएर लाग्नु पर्ने ठाउँमा प्यानलको नाममा अधिवेशन अलमलमा परेको छ ।’ कांग्रेस महोत्तरीका नेता तथा जिल्ला महासचिव बजरङ्ग नेपाली वताउँछन् । ‘अधिवेशन सकेर एक महिना अगाडि टिकट पनि वितरण गर्नुपर्ने हुन्छ समय अत्यन्त छोटो छ ।’ उन्ले भने ।

केन्द्रको निर्देशनअनुसार नेपाली कांग्रेसले क्षेत्रीय अधिवेशन सकेर फागुनभित्र जिल्ला अधिवेशन सक्नै पर्ने हुन्छ । जिल्ला सभापति महेन्द्र राय केन्द्रीय सदस्यमा मनोनित भएसँगै जिल्ला सभापतिको लागि ठाउँ रिक्त बनेको छ । तर, कहिले निर्वाचन अधिकृत अपहरण गर्ने त कहिले निर्वाचनस्थलको बहानामा दुई पक्षको मनमुटावले अधिवेशन अन्योलमा परेको छ । 

यता एमालेको जिल्ला अधिवेशनका सम्बन्धमा पनि पार्टीभित्र ठूलो विवाद छ । नेकपा एमाले महोत्तरीका संयोजक तथा पोलिटब्यूरो सदस्य रामदयाल मण्डल र इन्चार्ज टेकबहादुर बलाम्पाकीबीच मतभेदको कारण दुरी बढेको छ । 

माओवादी केन्द्र, नेकपा एस, लोसपा, जसपा, राजपा जस्ता दलहरू भने चुपचाप बसेका कारण केही विवाद नभए झै देखिन्छ । तर, लोसपा फेरि टुक्रने अवस्थामा आएको नेताहरूले अभिव्यक्ति दिइरहेका छन् । समग्रमा पार्टीभित्र देखिएका आन्तरिक कलह, गुटबन्दी र प्यानलका कारणले स्थानीय निर्वाचनमा यसको असर ट्डकारो रूपमा देखिन सक्ने नेताहरूको अनुमान छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);