कमल थापाको छुट्टै भेला सुरु, राप्रपा महामन्त्रीसहित वरिष्ठ नेता सहभागी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

कमल थापाको छुट्टै भेला सुरु, राप्रपा महामन्त्रीसहित वरिष्ठ नेता सहभागी

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।

महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ । थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । यो विषयमा पार्टीमा छलफल गर्ने लिङ्देनले प्रतिबद्धता जनाएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);