थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८०, बिहीबार

थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

Kamal-Thapa-

काठमाडौं, २४ मंसिर । कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय समिति बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको स्थापना, सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ शीर्षकको राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने छन् ।

महामन्त्री राजाराम बर्तौलाले संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पनि पेश गर्ने छन् ।

राप्रपा केन्द्रीय समितिको बैठक आज र भोलि दुई दिन चल्नेछ । भोलि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत बैठकका निर्णयहरु सार्बजनिक गरिने जनाइएको छ ।

Leave a Reply