राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा ५२ जनाको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा ५२ जनाको उम्मेदवारी

काठमाडौं,२४ पुस । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आउँदो माघ ११ गते हुने चुनावका लागि सोमबार विभिन्न दलका ५२ जनाको उम्मेदवारी दर्ता भएको छ । कोशीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गर्नुभएको हो । सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मनोनयन दर्ता भएको हो । राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य तथा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ । प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार चार सय ६२ रहने निर्वाचन आयोगले जनाएको छ अघिल्ला वर्षहरुमा जस्तै, यस चुनावमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला,दलित, अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल हरेक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्षको हुन्छ । अहिले २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);