जनमत पार्टीकाे अवरोधले महोत्तरी १ को मतगणना अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

जनमत पार्टीकाे अवरोधले महोत्तरी १ को मतगणना अवरुद्ध

महोत्तरी । महोत्तरी १ को मतगणना अवरुद्ध  भएको छ । समानुपातिक मतगणनाको मतपरिणाम सही नभएको भन्दै जनमत पार्टीले विवाद गरेपछि मतगणना एक घण्टादेखि रोकिएको होगणानाका क्रममा जनमत पार्टीको मत भएभन्दा कम भयो त्यसैले अहिले हामीले मतगणना स्थगित गरेर छलफल गर्न अनुरोध गरेका छौ ।’ जनमत पार्टीका नेताले भने ।महोत्तरी १ मा  कहिले क्रस मत त कहिले बदर मतका विषयमा यत्तिकै पनि मतगणना सुस्त बनिरहेको बेला जनमत पार्टीको विवादले मतगणना थप लम्बिएको छ ।निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार छलफलवाट सहमति जुटाउन अहिले जनमत पार्टीका नेताहरूलाई बोलाइएको छ । तर, जनमत पार्टीले मतको विषयमा मतगणनास्थलमा घटबढ गरेको भन्दै नाराबाजी गरिरहेको छ । जनताको मतको कदर गर्नुपर्ने उनीहरूको माग छ । समानुपातिकमा मत पुनःगणाना गर्नुपर्ने जनमत पार्टीका नेताहरूले अडान छ । क्रसमतलाई समेत सदर गर्ने सर्वदलीय सहमति भएपछिीसमानुपातिक र प्रत्यक्ष एकसाथ गणाना गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । क्षेत्र नक्बर १ (ख)को मतपरिणाम सार्वजनिक भैइसकेको छ भने (क)तर्फ बर्दिबास १३, १४ र भंगाहा नगरपालिकाको ४ वटा वडा मतगणना गर्न बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);