बारा २ को ताजा अपडेटः यादव कुशवाह भन्दा सय मतले अघि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

बारा २ को ताजा अपडेटः यादव कुशवाह भन्दा सय मतले अघि

बारा । बारामा २ मा मतगणना सुरु भएको छ । प्रारम्भीक नतिजा अनुसार जसपाका उपेन्द्र यादवले ४५८ मतका साथ अग्रता बनाएका छन् । उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहले ३५८ मतका साथ पछ्याइरहेका छन् । यस्तै एमालेका पुरुषोत्तम पौडलले ३१८ मत ल्याएका छन् भने रास्वपाका रमेश खरेलले १६९ मत प्राप्त गरेका छन् ।

गंगापुरस्थित शिक्षा विकास तथा समन्वय एकाइको मतदान केन्द्रबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र सहित ३४ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा यादव र कुशवाहाबीच प्रतिष्पर्धा हुने प्रक्षपण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);