बारा २ मा जसपा र जनमतबीच कडा टक्कर, यादव झीँनो मतान्तरले पछि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बारा २ मा जसपा र जनमतबीच कडा टक्कर, यादव झीँनो मतान्तरले पछि

श्याम गुप्ता
बारा । बारामा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहले उपेन्द्र यादवलाई पछि पारेका छ्न । उनले ११ सय ४६ मत ल्याएका छन् भने जसपाका उपेन्द्र यादवले ११ सय १७ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडलले ५ सय ३८ मतका साथ उपेन्द्रलाई पछ्याइरहेका छन् । साथै, रास्वपाका रमेश खरेलले २ सय ४४ मत ल्याएका छन् ।

प्रारम्भीक नतिजा अनुसार जसपाका उपेन्द्र यादव अग्रस्थानमा रहेका थिए । गंगापुरस्थित शिक्षा विकास तथा समन्वय एकाइको मतदान केन्द्रबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र सहित ३४ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा यादव र कुशवाहाबीच प्रतिष्पर्धा हुने प्रक्षपण गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);