बारा २ अपडेटः जनमतका कुशवाह पहिलो स्थानमा, पछि परे यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बारा २ अपडेटः जनमतका कुशवाह पहिलो स्थानमा, पछि परे यादव

बारा । बारामा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहले उपेन्द्र यादवलाई पछि पारेका छ्न । उनले ६ सय २८ मत ल्याएका छन् भने जसपाका उपेन्द्र यादवले ५ सय ७१ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडलले ५ सय १० मतका साथ उपेन्द्रलाई पछ्याइरहेका छन् । साथै, रास्वपाका रमेश खरेलले २ सय २६ मत ल्याएका छन् ।

प्रारम्भीक नतिजा अनुसार जसपाका उपेन्द्र यादव अग्रस्थानमा रहेका थिए । गंगापुरस्थित शिक्षा विकास तथा समन्वय एकाइको मतदान केन्द्रबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र सहित ३४ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा यादव र कुशवाहाबीच प्रतिष्पर्धा हुने प्रक्षपण गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);