बारा–२ः मतपेटिकाको सिल टुटेको भेटिएको भन्दै सिके राउतले राखे मतगणना स्थलको ‘लाइभ’ गर्नुपर्ने माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बारा–२ः मतपेटिकाको सिल टुटेको भेटिएको भन्दै सिके राउतले राखे मतगणना स्थलको ‘लाइभ’ गर्नुपर्ने माग

बारा । बिहान ११ बजेबाट सुरु हुने भनिएको बारा–२ को मतगणना अझै सुरु सकेको छैन् ।

सर्वदलिय बैठकमा बिहान ११ बजेबाट गणना गर्ने सहमति जुटेपनि अहिलेसम्म सुरु हुन सकेको छैन् ।

बारा–२ मा सुवर्ण गा.पा. का ४ बटा बाकसको सिल टुटेको भेटिएको भन्दै जनमत पार्टीले मतगणना स्थलको प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग राखेपछि बैठक सुरु हुन नसकेको हो ।

‘सप्तरी –२ मा हामीले भोगिसकेका छौं, हार्न लागे पछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोशिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै। बारा–२ मा सुवर्ण गा.पा. का ४ बटा बाकसको सिल टुटेको भेटिएको छ,’ जनमत पार्टीका अध्यक्ष सिके राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);