सिल तोडिएको मतपेटिकाको तस्विर राख्दै सिके राउतले भने– मतगणना स्थलमा मोबाइल निषेध गर्नुको रहस्य के? | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

सिल तोडिएको मतपेटिकाको तस्विर राख्दै सिके राउतले भने– मतगणना स्थलमा मोबाइल निषेध गर्नुको रहस्य के?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले धाँधलीको कुनै प्रमाण बाहिर नआवस भन्न मतगणना स्थलमा मोबाइल समेत बन्देज लगाइएको आरोप लगाएका छन् ।

मतगणना स्थलबाट ‘लाइभ’ गर्नुपर्ने माग राख्दै आएका राउतले पारदर्शिताबाट किन डराएको भन्दै प्रश्न उठाएका छन् । उनले सामाजीक सञ्जाल मार्फत सिल तोडिएको मतपेटिको तस्विर राख्दै आफुहरुको माग विपरित मतगणना भइरहेको आरोप लगाएका छन् ।

‘प्रहरी, प्रशासन र निर्वाचन अधिकृतको मिलेमतो हिजो पनि बूथहरूमा देखिएकै हो, मतपत्र बाहिर छयाप्छ्याप्ती भेटिएकै थिए, अब मतपेटिकाको सील पनि तोडिएको छ, अनि गोप्य रूपले गणना गरिँदै छ,’ उनले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);