विरगञ्जमा भरतपुर जस्तै काण्ड गराउने यस्तो छ कांग्रेसको ‘मास्टर प्लान’ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं १०, असोज । विरगञ्ज महानगरमा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदबार विजय सरावगी जित्ने निश्चित देखेपछि नेपाली कांग्रेसले सरावगीलाई हराउन षड्यन्त्र रच्न थालेको फोरम नेपालले आरोप लगाएको छ । कांग्रेस उम्मेदबार अजय द्धवेदी भारी अन्तरले पछि परेपछि कांग्रेसको निर्देशनमा विरगञ्ज महानगरको तीन वटा वडाको मतगणना रोकिएको फोरम नेपालको आरोप छ ।

फोरम स्रोतका अनुसार कांग्रेसले जसरी भएपनि विरगञ्ज जित्ने योजना अनुसार विरगञ्जको वडा नम्बर १६, १७ र १८ को मतगणना रोक्न लगाएको छ । तर, वडा नं १६ नगवा, १७ अलौ र १८ भवानीपुरको मतगाना सुरु गर्नु पर्ने माग राख्दै संघीय फोरम लगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरुले ती वडाको बक्सा खोली मतगणना सुरु गर्नु पर्ने माग गर्दै आएका छन् । दुई दिनदेखि तीन वटा वडाको मतगणना रोकिएको छ । अहिले १५ नम्बर वडाको मतगणना जारी छ ।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवका अनुसार रोकिएका वडाहरुको मतगणना गर्न बारम्बार माग गरेपनि निर्वाचन अधिकृतले अनेक बहाना देखाएर मतगणना रोकिएको हो । उनका अनुसार नेपाली कांग्रेसले पराजय निश्चित देखेपछि षड्यन्त्रका लागि मतगणना रोक्न लगाएको हो ।

आफ्नो हार्ने उम्मेदबारलाई धाँधली गरेर जिताउने नियतले कांग्रेसले मतगणना रोक्न लगाएको यादवले गम्भीर आरोप लगाए ।
मतगणना किन रोकिएको हो, त्यसको स्पष्ट कारण निर्वाचन अधिकृतले दिन नसकेको यादवले बताए । तर, विरगञ्जका निर्वाचन प्रमुख विष्णु पराजुलीले काठमाडौंबाट निर्वाचन आयोगले पत्र पठाएपछि मतगणना सुरु हुने जानकारी दिए ।

कांग्रेसले सत्ता र शक्तिको दुरुपयोग गर्दै तीन वटा वडाको मतगणना रोक्न लगाएको फोरम नेपालका मेयर उम्मेदबार विजय सरावगीले आरोप लगाए । मतगणना रोक्नु पर्ने कुनै कारण छैन, तर कांग्रेसको निर्देशनमा निर्वाचन अधिकृतले मतगणना रोकेर राखेका छन् । भरतपुरको जस्तै काण्ड गराएर धाँधलीको भरमा कांग्रेसले आफ्नो उम्मेदबारलाई जिताउने षड्यन्त्रका लागेको सरावगीले आरोप लगाए ।

फोरम नेपालका उम्मेदबार सरावगी जित्ने निश्चित भएको देखेर कांग्रेस, माओवादी, एमाले र राजपा एकजुट भएर विरुद्धमा उभिएका छन् । तर, रोकिएका वडाहरुको मतगणनाको माग गर्दै सोमबार राति स्थानीय जनताले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

वीरगञ्ज महानगरमा फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगीले दुई हजार मतले अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेको कांग्रेसले फोरम नेपाललाई पछ्याइरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);