काभ्रेको रोशी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ६ को मृत्यु, ११ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काभ्रेपलाञ्चोक, १० असोज ।  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको हो । गाडीमा १७ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर परिचालन गरिएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँंमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);