राजपा र माओवादीको विजयी सुरुवात, कांग्रेस, फोरम र एमाले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राजपा र माओवादीको विजयी सुरुवात, कांग्रेस, फोरम र एमाले अगाडि

काठमाडौं, ५ असोज । प्रदेश नम्बर २ को मतपरिणाम आउने क्रम सुरु भएको छ। बुधबार रातिसम्मको परिणामअनुसार धनुषाको हंसपुर नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा राजपाका रामज्ञान मण्डल र रेणु झा विजयी भएका छन्।

त्यसैगरी, सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका गंगा पासवान र ज्ञानु परियार विजयी भएका छन्। मतगणना जारी रहेका स्थानीय तहमध्ये कांग्रेस ४१, संघीय समाजवादी फोरम २८ र एमाले २३ वटा स्थानीय तहमा अग्रस्थानमा छन्। मतगणना सुस्त भएकाले पूरै परिणाम आउन भने अझै केही दिन लाग्ने देखिएको छ।
सप्तरीमा फोरमको अग्रता

सप्तरीमा संघीय समाजवादी फोरमको अग्रता देखिएको छ। राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमध्ये फोरम नेपालले ६ स्थानमा अग्रता लिएको छ। बोदे बर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका र महादेवा गाउँपालिकामा फोरमले अग्रता लिएको हो। कांग्रेसले पाँच स्थानमा अग्रता लिएको छ।

कञ्चनरुप नगरपालिका, खड्ग नगरपालिका, अग्निसाइर कृष्णसवरन गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र बेल्ही चपेना गाउँपालिकामा अग्रता लिएको हो। एमालेले सप्तकोसी नगरपालिका, सुरुंगा नगरपालिका र शम्भुनाथ नगरपालिका गरी तीन तहमा अग्रता कायम राखेको छ।

आठवटा वडाको गणना सकिँदा सप्तकोसी नगरपालिका प्रमुखमा एमालेका उत्तम शर्माले तथा उपप्रमुखमा आशा चौधरीले अग्रता कायम राखेका छन्। राजपाले डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा तथा नयाँ शक्तिले छिन्नमस्ता गाउँपालिकामा अग्रता लिएको छ। उनलाई कांग्रेसका नारायण यादवले पछ्याइरहेका छन्। एमालेका रामलखन मलाहा तेस्रो स्थानमा छन्।

हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा फोरमका वीरेन्द्र माझीलाई राजपाका शैलेशकुमार साहले पछ्याइरहेका छन्। छिन्नमस्ता गाउँपालिकामा भने नयाँ शक्तिका सूर्यनारायण मण्डलले अग्रता लिएका छन्। फोरम नेपालका केदार यादव दोस्रो र फोरम लोकतान्त्रिकका निर्मल यादव तेस्रो स्थानमा छन्। घोषित विभिन्न २५ वडाको परिणामअनुसार एमाले र कांग्रेसले सात, माओवादीले ४, राजपाले तीन, फोरम नेपाल र लोकतान्त्रिक फोरमले दुई/दुई वडामा जितेका छन्।

मतगणनामा अवरोध नहोस् भनेर तारजाली र फलामे बार लगाएर गणना भइरहेको छ। राजविराजमा भने वडा नम्बर १५ को स्थगित निर्वाचन बिहीबार सम्पन्न भएलगत्तै गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);