माधव नेपालको गृह जिल्लामा एमालेको अवस्था नाजुक, कुन दल अगाडि ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, ६ असोज । रौतहटको १८ स्थानीय तहमध्ये ४ वटामा मतगणना सकिएर अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। जसमध्ये नेकपा माओवादी केन्द्र दुई स्थानमा विजयी भएर रौतहटमा अग्र स्थानमा छ। त्यस्तै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक पनि एक-एक तहमा विजयी भएका छन्।

माओवादीबाट रौतहटको मौलापुर नगरपालिका मेयरमा रिना साह र यमुनामाई गाउँपालिका प्रमुखमा मोहम्मद मन्सद रान्के विजयी भएका छन्। नेपाली कांग्रेसका शेख वकिलले परोहा नगरपालिका मेयर जितेका छन्। त्यस्तै, ईशानाथ नगरपालिका मेयरमा फोरम लोकतान्त्रिकका सन्तोष मेहता विजयी भएका छन्।

अन्तिम नतिजा घोषणा हुन बाँकी १४ स्थानमध्ये नेपाली कांग्रेस सबैभन्दा बढी ८ स्थानमा अगाडि छ। कांग्रेस उम्मेदवारले अग्रता लिएका स्थानहरु फतुवा विजयपुर नगरपालिका, राजदेवी नगरपालिका, गजुरा नगरपालिका, चन्द्रपुर नगरपालिका, बृन्दाबन नगरपालिका, राजपुर नगरपालिका, दुर्गा भगवती गाउँपालिका र गरुडा नगरपालिका हुन्। संघीय समाजवादी फोरम नेपाल तीन स्थानमा अगाडि छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);