फास्ट ट्रयाकमा सेना र अर्थबीच यस्तो विवाद | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फास्ट ट्रयाकमा सेना र अर्थबीच यस्तो विवाद

काठमाडौँ, ५ असोज । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेना र अर्थ मन्त्रालयबीच खरिद प्रक्रियालाई लिएर विवाद देखिएको छ।

नेपाली सेनाले रणनीतिक महत्व बोकेको फास्ट ट्रयाकको काम निर्धारित समयमा सम्पन्न गर्न सार्वजनिक खरिद प्रक्रियालाई सरलीकृत गर्न माग गरेपछि सेना र अर्थबीच विवाद भएको हो।

सेनाले फास्ट ट्रयाक विशेष परिस्थितिको आयोजना भएको भन्दै सार्वजनिक खरिद ऐनको दफा ६६ र नियमावलीको नियम १४५ अनुसार खरिद गर्न पाउने व्यवस्था स्वीकृत गर्न प्रस्ताव गरेको छ। सार्वजनिक खरिद नियमावलीको नियम १४५ मा एउटा मात्र सेवा प्रदायकसँग दरभाउ लिई वार्ताद्धारा मूल्य तय गर्न पाउने व्यवस्था छ।

तर अर्थ मन्त्रालयले भने नेपाली सेनाले प्रचलित कानुनको पालना गर्छ र पारदर्शिता मा बतैबाट प्रश्न उठ्दैन भन्ने निष्कर्षसहित फास्ट ट्रयाक निर्माणको जिम्मेवारी दिइएको भन्दै एउटा मात्र सेवा प्रदायकसँग दरभाउ लिँदा भ्रष्टाचार हुने बताएको छ। आजको कारोबार दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);