वीरगन्ज महानगरमा कांग्रेसको अग्रता, कहाँ-कसको अग्रता ? (विवरण सहित) | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

काठमाडौं, ३ असोज । प्रदेश नम्बर–२ मा भएको स्थानीय तह निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउनेक्रम जारी छ । निर्वाचन भएका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १३५ तहमा मतगणना जारी छ। सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मतगणना हुन सकेको छैन ।

प्रारम्भिक मतगणनामा पर्साको १४ ओटा स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले पछ्याइरहेको छ। यस्तै, पर्साका तीन नगरपालिकामध्ये एकमा संघीय समाजवादी फोरम नेपाल, एउटामा नेकपा एमाले र एउटामा राजपाको अग्रता रहेको छ । यस्तै, एक गाउँपालिकामा माओवादी केन्द्रको अग्रता रहेको छ।

सप्तरीका १८ ओटा स्थानीय तहमध्ये दुईओटामा एमाले, पाँचओटामा कांग्रेस, तीनओटामा राजपा र दुईओटामा संघीय समाजवादी फोरम नेपालको अग्रता रहेको छ । सर्लाहीका १९ ओटा स्थानीय तहमध्ये पाँचओटामा कांग्रेस, चारओटामा एमाले, चारओटामा राजपा र तीनओटामा संघीय समाजवादी फोरम नेपालको अग्रता रहेको छ।

यस्तै, सिरहाका १७ ओटा स्थानीय तहमध्ये पाँचओटामा कांग्रेस, पाँचओटामै संघीय समाजवादी फोरम, तीनओटामा एमाले, तीनओटामा माओवादी केन्द्र र एउटामा राजपाको अग्रता रहेको छ।

ताजा समाचार