प्रधानमन्त्री देउवा अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गच्छादारलाई | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

 

काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएकी छन्।

प्रधानमन्त्री शेरबाहदुर देउवा संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा भाग लिन एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकाले अनुपस्थितिमा स्थानीय विकास मन्त्री गच्छादारलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिएका छन्।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा उपप्रधानमन्त्री गच्छादारलाई जिम्मेवारी दिएको हो ।

ताजा समाचार