प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका प्रस्थान

काठमाडौं, ३ असोज । संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका प्रस्थान गरेका छन्। २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका प्रस्थान गरेका हुन् ।

न्यूयोर्क प्रस्थान गर्नु अघि उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए । सोही अवसरमा नेपाली सेनाले प्रधानमन्त्री देउवाको सम्मानमा सलामी समेत अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवाले न्यूयोक बसाईका क्रममा राष्ट्र संघमा आवद्ध मुलुकमा सरकार र राष्ट्र प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायतका रहेका छन् । प्रधानमन्त्री देउवा राष्ट्र संघको महासंघलाई सम्बोधन गरी आगामी असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि