प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगञ्जमा राजपा अगाडि, अन्तिममा एमाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्सा, ३ असोज । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जको सुरुवाती मत परिणाम बाहिरिएको छ ।

सुरुवाती मत परिणाम अनुसार १०० मत गणना हुँदा राष्ट्रिय जनता पार्टीका प्रमुख पदका उम्मेदवार राजेशमा सिंह ३६ मतका साथ अग्रस्थानमा छन् । त्यस्तै २७ मतका साथ नेपाली कांग्रेसका अजय द्विवेदी दोस्रो स्थानमा रहेका छन् भने संघीय समाजवादी फोरम तेस्रो स्थानमा रहेको छ । संघीय फोरमका सराबगीले २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै चौथो स्थानमा फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ६मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रको पक्षमा ६ र एमालेको पक्षमा ४ मत परेको छ ।

वीरगञ्जमा सीसी क्यामेराको निगरानी र तार बार भित्र मतगणना भईरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);