रोचक बन्दै वीरगञ्जको मतपरिणाम : साँघुरियो फोरम र कांग्रेसबीचको मतान्तर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रोचक बन्दै वीरगञ्जको मतपरिणाम : साँघुरियो फोरम र कांग्रेसबीचको मतान्तर

congress Forum

पर्सा, ८ असोज । प्रदेश नम्बर २ को मतगणना अन्त्यतिर पुगिरहँदा यतिखेर धेरैको ध्यान वीरगञ्ज महानगरमा केन्द्रित भएको छ ।

निरन्तर अग्रस्थानमा रहेको कांग्रेसलाई उछिन्दै संघीय फोरम अगाडि आएपछि यहाँको मतपरिणाम झन् रोचक बनेको छ । पछिल्लो मत परिणाम अनुसार ४६ हजार ७ सय ४१मतगणना हुँदा संघीय फोरमका मेयर उम्मेदवारको पक्षमा १० हजार २ सय १८ मत परेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसको पक्षमा भने १० हजार १ सय ४१ मत रहेको छ । फोरम र कांग्रेसबीचको मतान्तर ७७ मात्र रहेको छ । यसअघि यि दुई पार्टीका उम्मेदवारबीच १ सय १८ मतको अन्तर रहेको थियो ।

त्यस्तै ७ हजार १ समय ३९ मतका साथ राजपाका उम्मेदवार तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा रहेका एमालेले ५ हजार १ सय ९२ मत पाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);