वीरगन्जमा उल्टियो नतिजा, आकासिँदै कांग्रेसको मत, फोरम भन्दा पछाडि पुग्यो राजपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वीरगन्जमा उल्टियो नतिजा, आकासिँदै कांग्रेसको मत, फोरम भन्दा पछाडि पुग्यो राजपा

वीरगञ्ज ६ असोज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। शुक्रबार अपराह्नसम्मको मतगणना परिणामअनुसार वीरगन्जको मेयरका लागि काँग्रेस उम्मेदवार संघीय समाजवादी फोरमका उम्मेदवारभन्दा ६ सय मतले अगाडी छन् ।

शुक्रवार दिउँसोसम्म दोस्रो स्थानमा रहेको राजपालाइ उछिन्दै फोरम दोस्रो स्थानमा आएको छ । कांग्रेस उम्मेदवार अजय द्विवेदीले ४ हजार ९ सय ४९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका फोरम उम्मेदवार विजय सरावगीले ४ हजार ३ सय ४४ मत प्राप्त गरेका छन् ।

शुरुवाती अग्रता लिएका राजपाका राजेशमान सिंह ४ हजार ३ सय १ मत प्राप्त गरेका छन् । मतगणना भने अत्यन्त सुस्त गतिमा भइरहेकोले अन्तिम नतिजा आउन अरु केही दिन लाग्ने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);