बाराको विश्रामपुरमा लोकतान्त्रिक फोरम विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

बाराको विश्रामपुरमा लोकतान्त्रिक फोरम विजयी

बारा, ६ असोज । बाराको विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। लोकतान्त्रिक फोरमका अध्यक्ष पदका उम्मेदवार अमिरीपालले ३६३६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेद्वार रुल्थकार अलिले १५१२ मत ल्याए।

उपाध्यक्षमा पनि फोरम लोकतान्त्रिककै सुमित्रा देवी २३१४ मत ल्याएर विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्धन्दी राजपाकी उम्मेदवार मधुमाया यादवले १२०० मत पाएकी छन्। यससँगै विजय कुमार गच्छेदारको पार्टी तीन तहमा विजयी भएको छ।