महोत्तरीको जलेश्वर-१ मा नेपाल लोकतान्त्रिक फोरम विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

महोत्तरीको जलेश्वर-१ मा नेपाल लोकतान्त्रिक फोरम विजयी

गौशाला, ४ असोज । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका-१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी भएका छन्।

त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्दी राजपाका राकेशकुमार साहले २१६ मत ल्याएका हुन्। यसैगरी, सो वडाको एक वडा सदस्य, दलित महिला सदस्य पनि नेपाल लोकतान्त्रिक फोरमले नै जितेको छ भने एक सदस्य राजपाले जितेको छ।

दुईजना वडा सदस्य पदका उम्मेदवारको मत बराबर भएकोमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);