कांग्रेसबाट टिकट नपाएका महेन्द्रले फोरमबाट जिते गाउँपालिका अध्यक्ष | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

कांग्रेसबाट टिकट नपाएका महेन्द्रले फोरमबाट जिते गाउँपालिका अध्यक्ष

सिमरा, ७ असोज । बाराको सुवर्णपुर गाउँपालिकामा संघीय फोरम विजयी भएको छ। संघीय फोरमका अध्यक्ष उम्मेदवार महेन्द्र यादवले ३ हजार ६५ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राकेश यादवले २ हजार ६९० मत पाए।

उपाध्यक्षमा पनि संघीय फोरमकै कबिता यादव ३ हजार ४७५ मतसहित निर्वाचित भएकी छन्। गाउँपालिका अध्यक्ष निर्वाचित भएका जितेका महेन्द्र यादवलाई कांग्रेसले टिकट नदिएपछि उनी संघीय समाजवादीबाट उम्मेदवार बनेका थिए। पहिले कांग्रेसका उनी कांग्रेसकै अध्यक्षलाई हराउँदै संघीय समाजवादीबाट गाउँपालिकाको अध्यक्ष बन्न सफल भएका हुन्।

ताजा समाचार