यस्तो छ उपनिर्वाचनको पछिल्लो मत परिणाम | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

यस्तो छ उपनिर्वाचनको पछिल्लो मत परिणाम

upa nirwachan

काठमाडौं, १५ मंसिर ।  शनिवार सम्पन्न उपनिर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । पछिल्लो मतपरिणाम आुसार भक्तपुर क्षेत्र नम्बर १ क मा नेपाली कांग्रेस विजयी हुनु भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४सय ४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी हुनु भएको हो । भँडेलका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत प्राप्त गर्नु भएको हो ।

त्यसै गरी उपनिर्वाचन भएका विभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिदा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेर अग्रता कायम राखेको छ ।

त्यसैगरी नेपाली कांग्रेस १२ वडाध्यक्ष जितेर दोस्रो स्थानामा छ भने समाजवादी पार्टीले ३ वटा वडाध्यक्ष जितेर तेस्रो स्थानमा छ । राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ वडाध्यक्ष जितेको छ । अन्य कुनै पनि दलले वडाध्यक्ष जित्न सकेका छैनन् ।

त्यसैगरी कास्कीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेकपाकी उम्मेदवार बिद्या भट्टराइले दोब्बर मत सहित अग्रता लिनु भएको छ भने नेपाली कांग्रेसका खेमराज पौडेल दोस्रो स्थानमा रहनु भएको छ । भट्टराईले ११ हजार ८ सय ३६ मत ल्याउनु भएको छ छन भने,पौडेलले ५ हजार ८ सय ४६ मत प्राप्त गर्नु भएको छ ।

त्यसै गरी दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा ख मा नेकपाकी उम्मेदवार बिमला ओलीले अग्रता लिनु भएको छ भने नेपाली कांग्रेसका केशव आचार्य दोस्रो स्थानमा रहनु भएको छ । त्यसैगरी धरान उपमहानगर पालिकामा पनि नेकपाका उम्मेदवारले अग्रता लिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);